(१) नेपाल सरकारले स्थानीय निकायलाई फोहरमैला व्यवस्थापन गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) स्थानीय निकायले फोहरमैला व्यवस्थापन गर्ने सम्बन्धमा फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायलाई देहायको विषयमा निर्देशन दिन सक्नेछः–
(क) फोहरमैला स्रोतमै घटाउने उपायहरु तथा प्रविधिको अवलम्बन गर्न,
(ख) फोहरमैलाको न्यूनिकरणका लागि फोहरको पुनप्रयोग तथा पुनचक्रीय प्रयोग सम्बन्धी स्थानीय निकायले तोकेको विधि तथा प्रक्रिया अवलम्बन गर्न,
(ग) फोहरमैलालाई स्रोतमै छुट्याउन, छुट्याइएको फोहरमैला तोकिएको स्थान, समय र तरिका बमोजिम निष्काशन गर्न,
(घ) तोकिएको सेवा शुल्क तोकिएको समयमा बुझाउन,
(ङ) फोहरमैला व्यवस्थापनसँग सम्बन्धित अन्य आवश्यक कार्य गर्न ।
(३) उपनियम (१) बमोजिम नेपाल सरकारले दिएको निर्देशनको पालना गर्नु सम्बन्धित स्थानीय निकाय र फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायको कर्तव्य हुनेछ ।